Connect with us
Advertisement

खेलाडीको मनोबल खस्कन नपाओस्

Published

on

१३ औं दक्षिण एशियाली खेलकुद (साग) सफलतापूर्वक सम्पन्न गरेर नेपालले दक्षिण एशियाली क्षेत्र सहयोग सङ्गठन (सार्क) मा एक पटक प्रशंसित भएको छ ।

सार्कको अध्यक्ष राष्ट्र नेपालले सार्क सम्मेलन समयमै गर्न नसकेर पाइरहेको अपजसलाई साग प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेर केही हदसम्म मेटेको छ । यसले नेपालको सक्षमता पनि देखिएको छ । साग प्रतियोगितामा नेपाली खेलाडीले जुन कौशल देखाए त्यो अत्यन्त महत्वपूर्ण छ । खेलाडीको कुरा सुन्ने हो भने पदक जित्नुमा खेलाडीको वैयक्तिक सफलता धेरै छ ।

सो सफलता हात पार्न सजिलो होस् भनेर सरकारले गरेको क्रियाकलाप भने नगण्य र कतिपय खेलमा त शून्य नै छ । प्रतियोगितामा खेल खेल्ने नेपाली खेलाडीले प्रतिष्पर्धीसँग खेल सामग्री मागेर खेल खेलेको र ती खेलमा पनि पदक जितेको पाइएको छ । त्यस्तै, सरकारले अभ्यास नै नगराएका र खेलाडीले व्यक्तिगत रुपमा अभ्यास गरी खेलेका खेलमा पनि पदक जित्नु देशको लागि जति गौरव गर्नलायक छ त्यति नै सरकारका लागि भने आलोचनायोग्य छ । पदक जितेपछि सरकारले खेलाडीलाई नगद पुरस्कारको घोषणा गरेको छ ।

जुन स्वागतयोग्य छ । तर अझै पनि सरकारले खेलाडीको अभ्यासको लागि गर्ने कार्यक्रम भने घोषणा गरेको छैन । जसले गर्दा खेलाडीलाई थप हौसला मिल्न सकेको छैन । खेलाडी राष्ट्रका गहना हुन् । गहनाको उचित तरिकाले सुरक्षित गर्नु र गहनाको चमक टिकाइराख्नु सरकारको कर्तव्य हो । यसतर्फ बेलैमा नसोचे आगामी प्रतियोगितामा गम्भीर परिणाम आउन सक्छ ।

Continue Reading

Facebook Comment

19 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

बेंग्लुरु आईपीएलको प्लेअफमा, चेन्नेइ बाहिरियो

Published

on

लिग चरणको अन्तिम खेलमा चेन्नेइ सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेनजर्स बेंग्लुरु इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफमा प्रवेश गरेको छ ।

आफ्नै मैदानमा शनिबार राति भएको खेलमा बेंग्लुरुले चेन्नेइलाई २७ रनले पराजित गर्दै प्लेअफमा पुगेको हो ।

चेन्नेइ, दिल्ली र लखनउको पनि समान १४ अंक भए पनि नेटरनरेटमा तीन टिमलाई पछि पार्दै बेंग्लुरु चौथो स्थानमा रहन सफल भएको हो ।

२०१ रन बनाएर पराजित भएको भए पनि चेन्नेइ प्लेअफमा पुग्ने थियो । तर, २१९ रनको लक्ष्य पछ्याएको चेन्नेइले ७ विकेट गुमाउँदै १९१ रन मात्रै बनायो ।

चेन्नेइका रचिन्ल रवीन्द्रले ६१, रवीन्द्र जडेजाले ४२, अजिङ्क्या राहानेले ३३ र महेन्द्र सिंह धोनीले २५ रन बनाए ।

बेंग्लुरुका यश दयालले २, ग्लेन म्याक्सवेल, मोहम्मद सिराज, लोकी फर्गुसन र क्यामरन ग्रीनले एक/एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बेंग्लुरुले ५ विकेटको क्षतिमा २१८ रन बनाएको थियो । बेंग्लुरुका कप्तान फ्याफ डु प्लेसिसले ५४, विराट कोहलीले ४७, रजत पतिडरले ४१, क्यामरन ग्रीनले ३८, ग्लेन म्याक्सवेलले १६ र दिनेश कार्तिकले १४ रनको योगदान गरे ।

चेन्नइका शार्दुल ठाकुरले २, तुशार देशपाण्डे र मिचेल स्यान्टनरले एक/एक विकेट लिए ।

यसअघि आईपीएलको प्लेअफका चारवटै टोलीको टुंगो लागिसकेको छ ।

१९ अंकका साथ कोलकाता पहिलो स्थानमा छ । प्लेअफ पुगिसकेका राजस्थान रोयल्स र सनराईजर्स हैदराबाद दोस्रो र तेस्रोका लागि प्रतिस्पर्धामा छन् । यो पनि आजै टुंगो लाग्नेछ ।

आज दिउँसो पौने ४ बजे हैदराबादले पञ्जाबसँग खेल्नेछ भने राजस्थानले राति पौने ८ बजे कोलकत्तासँग खेल्नेछ ।

Continue Reading

Banner

इंग्लिस प्रिमियर लिग : सिटी लगातार चौथो उपाधिनजिक

Published

on

इर्लिङ हालान्डको दुई गोलमा म्यानचेस्टर सिटीले मंगलबार इंग्लिस प्रिमियर लिगमा टोटनहमलाई २–० ले हराएको छ । जितसँगै सिटी लगातार चौथो लिग उपाधिको नजिक पनि पुगेको छ ।

Continue Reading

Banner

क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दा आजका लागि पेशी तोकिएको छ ।

Published

on

क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दा आजका लागि पेशी तोकिएको छ । गत वैशाख २३ गते लामिछानेको मुद्दा उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङ्गेलको संयुक्त इजलासमा सुनुवाइका लागि परेको भए पनि मुद्दा हेर्न नमिल्ने सूचीमा परेको थियो ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक